स्थानीय तहमा ४१ प्रतिशत युवा निर्वाचित
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन्।
निर्वाचन आयोगले साउन १० गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ छन्। जसमा प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय ३४ छन्।
वडाध्यक्षमा दुई हजार ३१२, महिला सदस्यमा तीन हजार २३३, दलित महिला सदस्यमा तीन हजार ६०६ र सदस्यमा चार हजार ८१९ निर्वाचित भएका छन्। ४१ देखि ६० वर्षका ५२ दशमलव २७ प्रतिशत, ६१ देखि ८० वर्षका ६ दशमलव ५२ प्रतिशत र ८० वर्षभन्दा माथिका शून्य दशमलव ४८ प्रतिशत निर्वाचित भएका छन्।
आयोगका अनुसार, ४१ देखि ६० वर्ष उमेर समूहका १८ हजार ३४७ र ६१ देखि ८० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक दुई हजार २९१ निर्वाचित भएको आयोगले जनाएको छ। यसै गरी, ८० वर्षभन्दा माथिका १७ निर्वाचित भएका छन्। वडाध्यक्ष तीन, चार दलित महिला सदस्य र १० वडा सदस्यमा निर्वाचित भए। (रासस)