प्रमुखमा एमाले र वडाध्यक्षमा कांग्रेसलाई सर्वाधिक मत, कुन पार्टीले कति पाए?
गएको स्थानीय निर्वाचनमा पालिका प्रमुख र अध्यक्षमा नेकपा (एमाले) तथा वडाध्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार, वडाध्यक्षमा कांग्रेसले ३९ लाख ५६ हजार १९३ र एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ।
त्यस्तै, नगरपालिका प्रमुखमा एमालेले २३ लाख ४८ हजार ७०९ मत प्राप्त गरेको छ भने कांग्रेसले २२ लाख ७९ हजार ३६३ भोट ल्याएको छ।
गाउँपालिका अध्यक्षमा एमालेले १४ लाख ७२ हजार ९५९ र कांग्रेस १४ लाख ६७ हजार ३८८ मत प्राप्त गरेको छ।
वडाध्यक्ष र पालिका प्रमुख दुवैमा नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ।