नेपाल र फिनल्याण्डबीच परामर्श संयन्त्र स्थापना
नेपाल र फिनल्याण्डबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको छ ।
परामर्श स्थापनासम्बन्धी समझदारीपत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनले हस्ताक्षर गरे ।
अब दुवै देशले नियमित रुपमा हेलसिन्की र काठमाडौँमामामा द्विपक्षीय हितका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका मामिलामा परामर्श गर्नेछन् ।
नेपाल र फिनल्याण्डबीच ४५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचले आपसी हित र चासोका विविध विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा साझेदारी गर्दै आएका छन् ।