जनार्दन शर्मा प्रकरणः संसदीय समितिले बोलायो विधि विज्ञान प्रयोगशाला विज्ञ
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले सीसीटीभी फूटेजबारे राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विज्ञसँग छलफल गर्ने भएको छ।
समितिले नेपाल प्रहरीबाट प्राप्त सीसीटीभी फूटेज हेरेपछि विज्ञहरूलाई बोलाउने निर्णय गरेको हो। साउन १० गते साँझ ४ बजे बस्ने बैठकमा विज्ञहरूलाई बोलाइएको समितिका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए।
आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा लगेर करको दर हेरफेर गर्न लगाएको विषय विवादित बनेपछि शर्माले पदबाट राजीनामा दिएका थिए। त्यसपछि गठित ११ सदस्यीय संसदीय समितिले शर्मामाथि छानबिन गरिरहेको छ।