कोरोनाबाट दुईको मृत्यु, ३४७ सङ्क्रमित थपिए
कोरोनाभाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ३४७ जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, उपचारका क्रममा कोरोनाबाट दुई जनाको मृत्यु भएको हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५६ पुगेको छ।
त्यस्तै, आज तीन हजार ८८८ स्वाब परीक्षण गर्दा ३४७ जनामा सङ्क्रमण देखिएको हो। दुई हजार ३६० जनाको पीसीआर परीक्षण गर्दा ३०३ जनामा र एक हजार ५२८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
कोरोना सङ्क्रमित ९५ जना निको भएका छन्। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ पुगेको छ।