दराजले ल्यायो ‘महाबचत बजार’ योजना
अनलाइन किनबेच बजार दराजले ‘महाबचत बजार’ योजना ल्याएको छ।
ग्राहकहरूलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्न यो योजना ल्याएको जनाएको छ। आजदेखि यो योजना शुरू भएको छ।
यो योजनामा ६० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ। त्यस्तै, अनलाइन प्रिपेमेन्टमा एक हजार पाँच सयसम्म छूट योजना रहेको छ। बम्पर उपहारमा टर्कीका लागि निःशुल्क टिकट जित्न सकिने जनाइएको छ।
दराजका ग्राहकले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १० प्रतिशत (अधिकतम एक हजार रुपैयाँ) र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२ प्रतिशत (अधिकतम एक हजार पाँच सयसम्म) छूट प्राप्त गर्न सकिने जनाइएको छ।
नेपाल इन्भेष्टमेण्ट, सानिमा, माछापुच्छ्रे, एभरेष्ट ब्यांक, ब्यांक अफ काठमाण्डू, नेपाल ब्यांक, मुक्तिनाथ, ज्योति विकास ब्यांक र एनसीसी ब्यांकका कार्डवाहकले छूट पाउन सक्नेछन्।