देश फर्कनेलाई एक डलरमै हवाई यात्रा
मेक्सिकोको भोलारिस विमान कम्पनीले आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको घोषणा गरेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रबद्र्धनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ ।
स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाई छ ।
आगामी जुन ३० तारिखसम्म दिइने यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिको सिटी विमानस्थलमा सम्पर्क गर्नुपर्नेछ ।
यो सेवा कोस्टारिका, एल साल्भाडोर र ग्वाटेमालाका नागरिकका लागि उपलब्ध हुनेछ ।
सन् २०१८ को अन्त्यसम्ममा हजारौं मध्य अमेरिकी नागरिक अमेरिका प्रवेशका लागि मेक्सिकोमा भेला भएका छन् ।
उनीहरु आफ्ना देशमा जारी हिंसा र गरिबीका कारण पलायन भएको बताइएको छ ।