काठमाडौं सहित बागमतीमा गाडी भाडा बढ्यो, कुन रुटमा कति?
काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढाएको हो। मन्त्रिस्तरीय निर्णयबाट सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यस सम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशित गरेको छ। जस अनुसार, यात्रुवाहक सवारी साधनको ८.३९ प्रतिशतले र मालवाहक सवारी साधनको भाडा ११.९१ प्रतिशतले वृद्धि गरिएको छ।
कुन रुटमा कति भाडा?