सिभिल ब्यांकले ल्यायो दोब्बर र तेब्बर भुक्तानी दिने योजना
सिभिल ब्यांकले दुई वटा नयाँ आकर्षक मुद्दति योजना ल्याएको छ।
ब्यांकले ल्याएको ‘दोब्बर प्लस’ र ‘तेब्बर प्लस’ योजनामा ग्राहकले तोकिएको अवधिमा दोब्बर तथा तेब्बर भुक्तानी पाउन सक्नेछन्। दोब्बर प्लेस मुद्दति खातामा ६ वर्ष तीन महीना २४ दिनपछि दोब्बर र तेब्बर प्लस खातामा १० वर्ष दुई दिनमा तेब्बर भुक्तानी पाइने ब्यांकले जनाएको छ।
यससँगै रिलायन्स लाइफ इन्सुरेन्ससँगको सहकार्यमा १० लाखसम्म जीवन बीमा सुविधा र अजोड इन्सुरेन्ससँगको सहकार्यमा १० लाखको दुर्घटना बीमा सुविधा पनि रहेको ब्यांकले जनाएको छ।
सिभिल ब्यांकले बचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दति निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याजदर पनि प्रदान गर्दै आएको छ।