दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन साझेदारी
अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ।
आफ्नो अर्डरका लागि नगद अन डेलिभरी मार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन्। यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरशिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीले हस्ताक्षर गरेका छन्।
दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र ब्यांक अफ द डेज डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक ब्यांक छूट भौचरहरू प्रयोग गर्न सक्नेछन्। सङ्कलित भौचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुनेछन्।