नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति पुष्टि
नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति ‘बिएफ.१’ पनि पुष्टि भएको छ।
धुलिखेल अस्पतालमा चार दिनअघि २२ वटा नमूनामा गरिएको जीन सिक्वेन्सिङमा ‘बीएफ.१’ भेटिएको अस्पतालका सङ्क्रामक रोग अनुसन्धान प्रमुख डा. राजीव श्रेष्ठले बताए। अफ्रिकामा भेटिएको यो प्रजाति अहिले जर्मनी, डेनमार्क, बेलायत लगायत देशमा फैलिएको छ।
यो यसअघिका प्रजातिभन्दा सङ्क्रामक भएको पाइएको छ। तर, खोप लगाएका मानिसलाई सिकिस्त नपार्ने डा. श्रेष्ठले बताए।
“अन्य देशको केस स्टडी गर्दा यो भरियन्ट छिटो फैलने देखिएको छ, तर खोप लगाएका मानिसलाई यसले सिकिस्त बनाएको छैन,” डा. श्रेष्ठले भने, “खोप लगाउन बाँकी मानिसले खोप लगाउने हो र जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने यो भेरियन्टले ठूलो असर गर्दैन।”