आईएमई लाइफ इन्सुरेन्सले पायो ट्रिपल ‘बी’ रेटिङ
आईएमई लाइफ इन्सुरेन्स कम्पनीले केयर एनपी ट्रिपल ‘बी’ रेटिङ प्राप्त गरेको छ।
रेटिङ एजेन्सी केयर नेपालका अनुसार, उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ।
कम्पनीले आफ्ना लगानीकर्ता तथा हितकारीको सुरक्षाका निम्ति आफ्ना जोखिमलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गरेको छ। आगामी दिनमा पनि कम्पनीले आफ्ना परिसूचक अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।
कम्पनीले १४० वटा शाखा कार्यालयबाट बीमितलाई सेवा प्रदान गर्दै आएको छ। साथै, कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ता आबद्ध छन्।