‘डीआई राख्ने स्कूलको लाइसेन्स खारेज गरियोस्’
स्कूलमा ‘डीआई (डिसिप्लिन इन्स्ट्रक्टर)’ राख्न नपाउने व्यवस्था गर्न सांसदले सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदले डीआईका नाममा बालबालिकामाथि हिंसा भइरहेको बताए। “अहिलेको समयमा बालबालिकालाई सम्झाई–बुझाई गर्नुको सट्टा डीआई राखेर डराउने, तर्साउने, कुटपिट गर्ने काम भइरहेको छ,” सांसद रेनुका गुरुङले भनिन्, “यो बालहिंसा हो।”
उनले आजैदेखि डीआई नराख्न व्यवस्था गर्न गृह मन्त्रालय, शिक्षा मन्त्रालय र कानून मन्त्रालयलाई आग्रह गरिन्। “म आजैका मितिदेखि डीआई हटाउन र डीआई राख्ने स्कूलको लाइसेन्स खारेज गरियोस्,” सांसद गुरुङले भनिन्।
विद्यार्थीलाई अनुशासन पालना गराउने नाममा विद्यालयमा डीआई राख्ने गरिएको छ। यसरी राखिएका डीआईले विद्यार्थीलाई अनुशासन पालना नगर्दा सजाय दिने गरेका छन्।