प्रधानमन्त्री रोजगार कार्यक्रमका कमजोरी सच्याउन निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दा भएका कमी कमजोरी समयमै सच्याउन स्थानीय तहलाई निर्देशन दिएको छ ।
स्थानीय तहले कार्यक्रम सञ्चालन गर्दा कार्यविधि बमोजिम सञ्चालन नगरिएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले समयमै कमजोरी सच्याउन निर्देशन दिएको हो ।
केही स्थानीय तहले सञ्चालन गरेका आयोजनाहरु स्वीकृत कार्यविधि बमोजिम सञ्चालन नगरिएको भनी आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले बाँकी कार्यक्रम ऐन नियमको परिधिभित्र रहेर सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।
मन्त्रालयले वित्तीय अनुशासन कायम हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि सम्पूर्ण स्थानीय तहलाई निर्देशन दिएको छ ।
पढ्नुहाेस्
व्यक्तिका गाईगाेठमा प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदार