साफ च्याम्पियनशिपका लागि नेपाली फूटबल टोलीको घोषणा
भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनशिपका लागि अखिल नेपाल फूटबल संघले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने च्याम्पियनशिपका लागि यू-२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० खेलाडीबाट अन्तिम टोलीको छनोट गरेका हुन्। छनोट हुने खेलाडीमा गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ शेख छन्।
यसै गरी डिफेन्डरमा अमर श्रेष्ठ, शोणित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा छन्। मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान छन् भने फरवार्डमा दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन्।
प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बाङ्लादेश, माल्दिभ्स र श्रीलंका गरी पाँच टोलीको सहभागिता रहनेछ। नेपालले प्रतियोगिताको उद्घाटन खेलमा साउन ९ गते माल्दिभ्सको सामना गर्नेछ।
यसै गरी नेपालले दोस्रो खेल साउन ११ गते श्रीलंकासँग, तेस्रो खेल आयोजक भारतसँग साउन १५ गते र बाङ्लादेशसँग साउन १७ गते खेल्नेछ।