विलासी वस्तु आयातमा भदौ १४ सम्म प्रतिबन्ध
सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गतेसम्म थप गरेको छ।
उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना प्रकाशित गरी विलासी वस्तु प्रतिबन्धको मिति थप गरिएको जनाएको छ। सरकारले गत वैशाखमा विभिन्न १० वस्तु असार मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो।
आयात प्रतिबन्ध गरिएका वस्तुमा कुरकुरे‚ कुरमुरे‚ लेज‚ मदिरा‚ चुरोट तथा सुर्तीजन्य वस्तु र हिरा रहेका छन्। यस्तै‚ ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन‚ ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन‚ जीप‚ कार र भ्यान‚ १५० सीसीभन्दा माथिका मोटरसाइकल‚ सबै प्रकारका खेलौना र तास आयातमा रोक लगाइएको छ।