थ्रेसहोल्डको विरोधमा नेमकिपाद्वारा उपसभामुखको निर्वाचन बहिष्कार
नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन बहिष्कार गरेको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले उपसभामुखको निर्वाचनमा मत नदिने घोषणा गरे। थ्रेसहोल्ड राख्ने व्यवस्थाको विरोधमा उनले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा मत नदिने घोषणा गरेका हुन्।
प्रतिनिधि सभामा उपसभामुखको चुनाव हुँदै छ। जसमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र नेकपा (एमाले)की सांसद विद्या भट्टराई उम्मेदवार बनेका छन्।