उपसभामुखमा भुसाल र भट्टराईको प्रतिस्पर्धा
प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल गौतम र विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेस नेतृ भुसालले सत्तारुढ गठबन्धन र भट्टराईले नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिएकी हुन्। भुसालको प्रस्तावक देव गुरुङ र समर्थक लक्ष्मीकुमारी चौधरी छन्।
यस्तै, भट्टराईले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी छन्।
उपसभामुख चयनका लागि असार ३१ गते मतदान हुने संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।