नवीन प्राचीनको ‘प्वाँख’ सार्वजनिक
नवीन प्राचीनको कविता संग्रह प्वाँख सार्वजनिक भएको छ। संग्रहमा ८७ कविता संग्रहित छन्।
कवितामा कोमलता र करुणा लेख्ने कवि प्राचीनले आफूले सकेसम्म कोमलतालाई भाषाले थिच्न नदिएको बताएका छन्।
कविता संग्रह हालै अमेरिकाको न्यूयोर्कमा एउटा समारोहबीच सार्वजनिक गरिएको थियो। कवि नवराज पराजुलीले प्राचीनका सिर्जनालाई सुफी-शैलीका कविता भनेका छन्। “प्वाँख भित्रका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ,” पराजुली भन्छन्, “सायद मेरो हृदयको अन्तर्ध्वनि थियो।”
संग्रहको मूल्य २९५ रुपैयाँ राखिएको छ। पुस्तक विश्वव्यापी रूपमा अमेजन मार्फत् उपलब्ध हुने प्रकाशक नेपालयले जनाएको छ। संग्रहको ईबुक थुप्रैडटकमबाट किन्न सकिने जनाइएको छ।