बलर चम्किँदा नेपालले पायो सामान्य लक्ष्य
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले सामान्य लक्ष्य पाएको छ।
बुधबार टस जितेर स्कटल्यान्डलाई ब्याटिङका लागि निम्त्याएको नेपालले कसिलो बलिङ गर्यो। नेपालका लागि सोमपाल कामी, मोहम्द आदिल आलम र सन्दीप लामिछानेले कसिलो बलिङ गरेपछि स्कटल्यान्ड १४४ रममै समेटियो।
स्कटल्यान्डका लागि ग्याभिन मेइनले ६४, मार्क वाटले १७, स्याफन सरिफले १६ र कलम म्याकलडले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिल आलमले तीन-तीन, सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।