आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ।
स्कटल्यान्डको भ्रमणमा रहेको नेपाली टोलीले दोस्र्रो खेल घरेलु टोलीसँग खेल्न लागेको हो। नेपाल र स्टकल्यान्डको खेल अपराह्न ३ः१५ बजे हुनेछ।
त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८० रनमै समेटिएको थियो।
स्कटल्यान्ड भने पहिलो खेलमा विजयी भएको छ। स्कटल्यान्डले नामिबियालाई ७७ रनले पराजित गरेको थियो।
लिग-२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा छ। नेपालले १७ खेलमा १७ अंक जोडेको छ।
स्कटल्यान्ड भने दोस्रो स्थानमा छ। अहिलेसम्म २१ खेलमा ३० अंक जोडेको छ। लिग-२ को शीर्षस्थानमा रहेको ओमनले ३६ खेलमा ४४ अंक जोडेको छ।