फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति?
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा पनि वृद्धि भएको छ।
यातयात व्यवस्था विभागले सूचना जारी गरी अन्तरप्रदेशमा चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको जनाएको छ। विभागले यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढाएको छ।
त्यस्तै, मालवाहक सवारी साधनमा पनि पहाडी रुटमा २.३४ प्रतिशत र तराईका रुटमा २.६ प्रतिशतले भाडा बढाएको छ।
विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार, स्वचालित रुपमा भाडा समायोजन गरेको जनाएको छ। वृद्धि भएको भाडादर सोमबारदेखि नै लागू भएको छ।
कुन रुटमा कति भाडा?