नेपाल नामिबियासँग ४० रन पराजित
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत गएराति भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ।
नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४५.६ ओभरमा १८० रन मात्रै बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले अभिजित ५० बनाए। उनी एकतिर जमिरहे भने अर्कातिर लगातार विकेट झर्दै गए।
त्यस्तै, देव खनालले ३२, कुशल भुर्तेलले २७, करण केसीले १९, आसिफ शेखले १४, सोमपाल कामी र मोहम्मद आदिल आलमले १०-१० रन बनाए।
यसअघि नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएको थियो। नामिबियाका लागि जेएन लोफ्टी इटनले ६० रन बनाएका थिए।
नेपालका लागि सन्दीप लामिछानेले चार, सोमपाल कामीले दुई, करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले अर्को खेल बुधबार स्कटल्यान्डसँग खेल्नेछ।