नामिबियाले नेपाललाई दियो २२१ रनको लक्ष्य
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया विरुद्धको खेलमा नेपालले २२१ रनको लक्ष्य पाएको छ।
सोमबार स्कटल्यान्डमा भएको खेलमा नेपालको कसिलो बलिङसामु नामिबियाका खेलाडी जम्न सकेनन्। टस जितेर ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रन मात्रै बनाएको छ।
नामिबियाका लागि जेएन लफ्टी इटोनले ६०, डिभान ल ककले ४२, जेहार्ड इरसमसले २२ र क्रयाग विलियम्सले २१ रन बनाए।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले चार, सोमपाल कामीले दुई, करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।