संसदमा सत्तापक्षकै सांसदको आक्रोश
प्रतिनिधिसभाको बैठकमा सत्तापक्षकै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।
विनियोजन विधेयक, २०७६ अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा सरकारको विरोध गरे ।
नेकपाका जनार्दन शर्माले बजेट विनियोजन प्रक्रिया नै गलत भएको आरोप लगाए।
कुनै जिल्लामा बढी बजेट र कुनै जिल्लामा कम बजेट विनियोजन गरेर असमान व्यवहार गरिएको भन्दै उनले आपत्ति जनाए ।
सांसद राजेन्द्रप्रसाद गौतमले हिमाली जिल्लालाई उपेक्षा गरिएको आरोप लगाए ।
यस्तै नेकपाका गणेशकुमार पहाडीले योजना छनोट प्रक्रिया नै गलत भएकाले प्रभावकारी रुपमा काम हुन नसकेको बताए ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा भइरहेको ढिलाइप्रति गुनासो गर्दै सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए ।