दराज समिटमा अनलाइन बजारबारे संवाद
अनलाइन बजार दराजको पहिलो वार्षिकोत्सवका अवसरमा ‘दराज समिट’ आयोजना गरिएको छ।
काठमाडौंको याक एन्ड यती होटलमा आयोजित समिटमा अनलाइन बजारका विभिन्न विषयमा छलफल भएको छ। तीन वटा प्यानलमा ‘नेपालमा परम्परागत कमर्शबाट ई–कमर्शससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एन्ड कमर्श फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रू द पावर अफ डिजिटल कमर्श इन नेपाल’ शीर्षकमा छलफल भएको छ।
प्यानल संवादमा राष्ट्र ब्यांकका गुरुप्रसाद पौडेल, द्वारिकाज् होटलकी अम्बिका श्रेष्ठ, सी एह एस सोलुशन र सिल्भर लाइनिङका ओमेशलाल श्रेष्ठ, दराज नेपालका विमल अर्याल, उद्योग विभागका सुरेश श्रेष्ठ, हाम्रो पात्रोका शंकर उप्रेती, क्लाउड फ्याक्ट्रीका आयुष श्रेष्ठ, ओहो केक एन्ड अफरिङ ह्याप्पिनेशका सन्तोष पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका गोविन्दबहादुर कार्की, वर्ल्डलिंक कम्युनिकेसन्सका दिलीप अग्रवाल, नेपीएसका सञ्जीव सुब्ब र दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर सहभागी थिए।
दराजले कमर्शको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको कुँवरले बताइन्। परिवर्तनको एक सक्रिय च्यानल हुन खोजेको उनको भनाइ थियो।
त्यस्तै, प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेय, एमओसीआईटीका सचिव वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले दराजले गर्दै आएको कामको प्रशंसा गरेका थिए।