टीकाराम र निलिफालाई फोनिज सम्मान र पुरस्कार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार पत्रकार टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिएको छ।
फोनिज युके पत्रकारिता सम्मान २०२२ बाट प्रधानलाई र फोनिज युके पत्रकारिता पुरस्कार २०२२ सुब्बालाई प्रदान गरिएको हो।
दुवै जनालाई काठमाडौंमा आयोजित एक समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सम्मान र पुरस्कार प्रदान गरेका छन्।
फोनिज युकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारहरूलाई हरेक वर्ष सम्मानित र पुरस्कार प्रदान गर्दै आएको छ। सम्मान र पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।