बुढीगंगामा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि
बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा (एमाले) का उम्मेदवार दोब्बर मतले अगाडि छन्।
शनिबार बिहान साढे १० बजेसम्म तीन हजार ९६२ मतगणना भएको छ। मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले दुई हजार ४४३ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खाँतीले एक हजार २९१ मत पाएका छन्। उनी गठबन्धनका साझा उम्मेदवार हुन्।
त्यस्तै, उपमेयरमा पनि एमाले उम्मेदवारकै अग्रता रहेको छ। उपमेयरमा एमाले उम्मेदवार मायाकुमारी खड्काले दुई हजार ४१७ मत पाएकी छन् भने कांग्रेसकी रिता शाहीले एक हजार ३१२ मत पाएकी छन्।
अहिलेसम्म बुढीगंगाका वडा नं. १, २, ९ र १० वडाको मतगणना सम्पन्न भएको छ। अहिले वडा नंं ३ र ९ को मतगणना चलिरहेको छ।
असार २३ गते भएको निर्वाचनमा नौ हजार १२८ मत खसेको छ।