बुढीगंगाको मेयरमा एमालेको अग्रता कायमै
बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता कायमै राखेका छन्।
शनिबार बिहान ७ बजेसम्म दुई हजार ९३७ मतगणना भएको छ। मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले एक हजार ७३२ मत पाएका छन्।
त्यस्तै, सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले एक हजार ३० मत पाएका छन्। शुरुआती अग्रता लिएका खाती गएरातिदेखि भने पछि परेका छन्।
त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्काले अग्रता कायमै राखेकी छन्। उनले शुरुआतदेखि नै अग्रता बनाएकी छन्।
उपमेयरमा एमालेकी खड्काले एक हजार ६८७ मत पाएकी छन् भने कांग्रेसकी रिता शाहीले एक हजार ६७ मत पाएकी छन्।
अहिले बुढीगंगा नगरपालिकाका वडा नं. १, ९ र १० को मतगणना भइरहेको छ। असार २३ गते भएको निर्वाचनमा नौ हजार १२८ मत खसेको थियो।