बुढीगंगाको मेयरमा गठबन्धनको प्रारम्भिक अग्रता
बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्।
शुक्रबार अपारह्न साढे ४ बजेसम्म दुई सय मत गणना गरिएको छ। मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खाँतीले ९७ मत पाएका छन् भने नेकपा (एमाले)का रामबहादुर बानियाँले ८९ मत पाएका छन्।
उपमेयरमा भने एमाले उम्मेदवारले अग्रता लिएका छन्। एमालेकी मायाकुमारी खड्काले ९२ मत पाएकी छन् भने कांग्रेसकी रिता शाहीले ९० मत पाएकी छन्।
बुढीगंगा वडा नं. १ को मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक गरिएको हो। वडा नंं १ को वडाध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन्।
वडाध्यक्षमा एमालेका रणबहादुर थापाले ९२ मत पाएका छन् भने कांग्रेसका लोगबहादुर थापाले ८४ मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी)का रामबहादुर सिंह र स्वतन्त्र उम्मेदवार सौरे सनाईंले एक–एक मत पाएका छन्।
अहिले वडा नं. १ र १० को मतगणना चलिरहेको छ। वडा नं. १० को प्रारम्भिक परिणाम सार्वजनिक भएको छैन।
बिहीबार भएको निर्वाचनमा बुढीगंगा नगरपालिकामा नौ हजार १२८ मत खसेको छ।