तस्वीरमा साझाका बिजुली बस
काठमाडौं उपत्यकामा बिहीबारबाट साझा यातायातका बिजुली बस गुड्न थालेका छन्।
साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बिहीबार एक समारोहबीच बिजुली बसको शुरूआत गरेका छन्। परीक्षणका रूपमा तीन वटा बिजुली बस सञ्चालनमा आएको साझा यातायातले जनाएको छ।
साझाका तीनै वटा बिजुली बसमा चालक र सहचालक महिला छन्। अहिले तीन वटा बस सञ्चालन भएका छन् भने साउनभित्रै थप ३७ बस आउने साझाले जनाएको छ।