नागरिकता विधेयक फिर्ता सहित मन्त्रिपरिषद्का २३ निर्णय (सूची)
सरकारले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्बाट फिर्ता लिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को असार २१ गते बसेको बैठकले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन गृह मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको हो।
सरकारले वैशाख १ गतेलाई घरजग्गा लिखत रजिस्ट्रेसन दिवसका रूपमा मनाउने भएको छ।
बैठकले भाषा आयोगमा ६ सदस्य मनोनयन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।