दुई सातामै फेरि बढ्यो हवाई भाडा
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै फेरि हवाई भाडा पनि बढेको छ।
बुधबार नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गरी बिहीबारदेखि लागू हुने गरी हवाई भाडा बढाइएको जनाएको छ। यसअघि संघले असार ६ गते हवाई भाडा बढाएको थियो।
नेपाल आयल निगमले असार २० गते हवाई इन्धनको मूल्य बढाएको थियो। निगमले आन्तरिकतर्फ हवाई इन्धन प्रति लिटर पाँच रुपैयाँका दरले मूल्य बढाएको हो।
वायुसेवा सञ्चालक संघले ४५ देखि २२० रुपैयाँसम्म हवाई भाडा बढाएको छ। सबैभन्दा कम काठमाडौं–सिमराको ४५ रुपैयाँ र सबैभन्दा बढी धनगढीको २२० रुपैयाँ भाडा बढेको छ।
योसँगै काठमाडौं–सिमराको हवाई भाडा चार हजार २४० पुगेको छ भने धनगढीको १७ हजार २५ पुगेको छ। यसअघि असार ६ गते पनि संघले १७० देखि ८४० रुपैयाँसम्म भाडा बढाएको थियो।
नयाँ हवाई भाडादर: