अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै उनको आलोचना हुँदै आएको थियो। त्यस विषयमा प्रतिनिधि सभामा स्पष्ट पार्दै उनले छानबिनका लागि राजीनामा दिएको बताए।
उनीमाथि छानबिन गर्न बुधबार प्रतिनिधि सभाले संसदीय छानबिन विशेष समिति गठन गरेको छ। ११ सदस्यीय समितिलाई छानबिन गर्न १० दिनको समय दिइएको छ।