धरापमा नेपाली धान
जलवायु परिवर्तनले ल्याएको सङ्कटका कारण वर्षाको क्रम बिथोलिंदा असारको तेस्रो सातासम्म नेपालका अधिकांश कृषकले रोपाइँ गर्न पाएका छैनन्।
साथै, रैथाने धान प्रजाति पनि लोप हुँदै गएको छ। कास्कीका कृषकहरूले स्थानीय प्रजातिका धान जोगाउन ‘बीउ ब्यांक’ स्थापना गरेका छन्।