बीमा किस्ता तिर्दा आईएमई पेको क्यासब्याक अफर
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको बीमा किस्ता आईएमई पे एपबाट तिर्ने सेवाग्राहीका लागि क्यासब्याक अफर सार्वजनिक भएको छ।
आईएमई पे एपको ‘प्रिमियम तिरौं, क्यास ब्याक पाऔं’ योजना अन्तर्गत नेपाल लाइफ इन्सुरेन्सको बीमा किस्ता भुक्तानी गर्दा सेवाग्राहीले ०.५ प्रतिशत (अधिकतम रु.२,५०० सम्म) क्यासब्याक पाउने भएका छन्।
यससँगै हरेक दिन एक जना विजेताले चन्द्रागिरी केबलकारका दुई वटा टिकट जित्न सक्ने कम्पनीले जनाएको छ। यो अफर असार १० गतेदेखि लागू भएको छ।
अहिलेसम्म आईएमई पे २३ वटा बीमा प्रदायक कम्पनीको भुक्तानी साझेदार बनेको छ।