यस्तो छ निजगढ विमानस्थलबारे सरकारी निर्णय बदर गर्ने सर्वोच्चको फैसला (पूर्ण पाठ)
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी सरकारका निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आएको छ।
सर्वोच्च अदालतले बुधबार फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ। यस सम्बन्धी रिटमा सुनुवाइ गर्दै गत जेठ १२ गते सर्वोच्चको बृहत् पूर्ण इजलासले सरकारका निर्णय खारेज गर्ने फैसला गरेको थियो।
बृहत् पूर्ण इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्मा थिए। सरकारले विमानस्थल निर्माणको कार्य अघि बढाएपछि सरोकारवालाहरूले विरोध गरेका थिए। निजगढमा विमानस्थल बनाउँदा वातावरण विनाश हुने उनीहरूको तर्क थियो।
त्यस्तै, निजगढमा विमानस्थल बनाउने सरकारको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र अधिवक्ता रन्जुहजुर पाँडे क्षत्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यही रिटमा सुनुवाइ गर्दै सर्वोच्चको बृहत् पूर्ण इजलासले सरकारी निर्णय बदर गर्ने आदेश दिएको थियो।