नेपालमा स्कर्पियो एन सार्वजनिक‚ यस्तो छ विशेषता
महिन्द्राले आफ्नो एसयूभी ‘अल न्यू स्कर्पियो एन’ मोडेल सार्वजनिक गरेको छ। भारत‚ नेपाल र दक्षिण अफ्रिकामा एकैसाथ सार्वजनिक गरिएको हो।
अल न्यू स्कर्पियो एनमा कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको कम्पनीले बताएको छ। यस्तै‚ हेड–टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिशन र उत्कृष्ट सजावट रहेको छ।
सार्वजनिक कार्यक्रममा एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल न्यू स्कर्पियो एन एकैसाथ अनावरण गर्न पाउँदामा हर्षित भएको बताए। यो नयाँ ‘ट्वीन पिक्स लोगो’ बोक्ने पहिलो एसयूभी भएको उनले बताए।
अल न्यू स्कर्पियो एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको शृङ्खलामध्ये पहिलो हो। अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नयाँ अल न्यू स्कर्पियो एनले नेपालको एसयूभी–स्वामित्व अनुभवलाई पुनःपरिभाषित गर्ने बताए।
के छ विशेषता?
यो मोडल ठूलो, शक्तिशाली, अत्याधुनिक र सुरक्षित रहेको कम्पनीले दाबी गरेको छ। नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ स्कर्पियो एनलाई इन्जिनीयरिङ गरिएको बताइएको छ।
द स्कर्पियो–एनमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ। यस्तै‚ १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डिजेल) इन्जिन पनि छ। दुवैमा म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोर ह्वील ड्राइभ विकल्प छ।