आईएमई इन्सुरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना
आईएमई लाइफ इन्सुरेन्सले आईएमई बालकिरण जीवन बीमा योजना सार्वजनिक गरेको छ।
बच्चा जन्मे लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरण सहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै आउँछ।
यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोग पुग्ने कम्पनीले जनाएको छ।
यसमा आफ्नो आवश्यकता अनुसार बीमा अवधि छनोट गर्न सकिने, दुर्घटना तथा बिरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवन बीमा हुने जनाइएको छ।