अमेरिकामा ५० वर्ष लामो गर्भपतनको अधिकार खोसियो
अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने पाँच दशक पुरानो फैसला उल्टाइदिएको छ। यस फैसलासँगै गर्भपतन गर्न पाउने अधिकार खोसिएको छ।
बीबीसीका अनुसार‚ उक्त फैसलापछि विभिन्न राज्यहरूले गर्भपतनलाई वैध वा अवैध ठहर गर्ने आआफ्नो कानून बनाउन सक्नेछन्। अमेरिकाका १३ वटा राज्यले यसअघि नै गर्भपतन गर्न नपाउने कानून बनाइसकेका छन्।
अदालतको उक्त फैसलासँगै गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन् भने कानूनी कारबाही हुने डरले थुप्रै राज्यमा अपोइन्टमेन्ट पनि रद्द गर्न थालिएको छ। महिलाहरू उपचारका लागि विभिन्न राज्यमा धाइरहेका छन्। महिलाहरू मिसौरीदेखि इलिनोस, विस्कोनसिनदेखि मिनेसोटा यात्रा गर्न बाध्य छन्। जहाँ हालसम्म गर्भपतनलाई कानूनी मान्यता छ।