अस्ट्रेलिया र इजरायलका लागि राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले आइतबार कैलाशराज पोखरेललाई अस्ट्रेलियाका लागि र कान्ता रिजाललाई इजरायलका लागि राजदूत नियुक्त गरेकी हुन्।
संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।