गाडी भाडा घट्यो, कुन रूटमा कति?
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ।
यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी गाडी भाडा घटाएको हो। विभागका अनुसार, यात्रुवाहक सवारी साधनमा ५.४१ प्रतिशतले भाडा घटाइएको छ।
त्यस्तै, ढुवानीका सवारी साधनमा पहाडी रूटमा ६.९७ प्रतिशतले र तराईका रूटमा ७.६८ प्रतिशतले घटेको छ। दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने सवारी साधनको भाडा घटाइएको हो।