अस्मिनाले लिइन् ५ विकेट, नेपाललाई ८२ रनको लक्ष्य
अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले एसीसी महिला टी-२० च्याम्पियनशिपको सेमिफाइनलमा ८२ रनको लक्ष्य पाएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १९.५ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनायो। नेपाली बलरका सामु यूएईका ब्याटर टिक्न सकेनन्।
यूएईका लागि वैष्णवी महेशले १६, ईशा ओजाले १५, छायाँ मुगलले १४ र खुशी शर्माले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि कर्माचार्यले पाँच विकेट लिइन्। उनले ३.५ ओभरमा १० रन मात्रै खर्चिन्। जसमा १६ बलमा रन दिइनन्।
त्यस्तै, नेपालका लागि इन्दु बर्माले तीन र सीता राना मगरले दुई विकेट लिए।
अब नेपालले ब्याटिङ गर्नेछ। तर, वर्षा भइरहेकाले खेल रोकिएको छ।