एकदिने ‘क्यूआर डे विथ आईएमई पे’ अफर सार्वजनिक
आइएमई पेले एकदिने ‘क्यूआर डे विथ आईएमई पे’ अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत सबै प्रयोगकर्ताले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशत छूट (अधिकतम रू.१०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ। यो अफर यही असार १० गते लागू हुने जनाइएको छ।
२० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्ट मार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ।