एसीसी च्याम्पियनशिपमा नेपाल २५ रनले विजयी
एसीसी महिला टी-२० च्याम्पियनशिपमा नेपालले कुवेतलाई पराजित गरेको छ।
शनिबार मलेसियामा भएको खेलमा नेपालले कुवेतलाई २७ रनले पराजित गरेको हो। नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले सात विकेटको क्षतिमा ८२ रन मात्रै बनायो।
कुवेतका लागि प्रियदा मुरालीले ३१, मरियामा हैदरले १६ र अन्ना शरिफ तरिकले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि सीता राना मगरले दुई, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले एक-एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १०७ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले ३४, इन्दु बर्माले २८, ज्योति पाण्डेले १५ र बिन्दु रावलले ११ रन बनाएका थिए।
यो जितसँगै नेपालले चार अङ्क जोडेको छ। नेपालले समूह ‘बी’ को शीर्षस्थानमा छ। नेपालले तेस्रो खेलमा आइतबार बिहान ८ः४५ बजे बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।