एसीसी च्याम्पियनशिपमा नेपालको विजयी शुरूआत
एसीसी महिला टी-२० च्याम्पियनशिपमा नेपालले विजयी शुरुआत गरेको छ।
मलेशियामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान ४४ रनमै समेटियो।
भुटानका लागि छेरिङ जाङ्मोले १६ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि सबनम राईले चार, कविता कुँवर र सीता रानामगरले दुई-दुई तथा अस्मिता कर्माचार्य र इन्दु बर्माले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा ९४ रन बनाएको थियो। नेपालका लागि काजल श्रेष्ठले २६, रुविना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन बनाए।
भुटानका लागि सोनमले चार, अन्जु गुरुङ र टासी छेकीले एक-एक विकेट लिए। नेपालका लागि चार विकेट लिएकी सबनम राई प्लेयर अफ द म्याच भइन्।
नेपालले दोस्रो खेल शनिबार दिउँसो १२ः४५ बजे कुवेतसँग खेल्नेछ।