नबिल ब्यांकले ल्यायो पर्यावरणमैत्री व्यवसाय कर्जा योजना
नबिल ब्यांकले पर्यावरणमैत्री व्यवसाय गर्नेहरूका लागि सहुलियत ब्याजदरमा कर्जा योजना ल्याएको छ।
पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धी व्यवसायको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ यस्तो कर्जा दिइने ब्यांकले जनाएको छ। फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वन विनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायको वित्तीय आवश्यकता पूरा गर्न आकर्षक सुविधा सहित नयाँ कर्जा योजना ल्याइएको जनाइएको छ।
यस कर्जा योजना अन्तर्गत ब्यांकले साविकको भन्दा शून्य दशमलव ५ प्रतिशत (०.५%) कममा कर्जा उपलब्ध गराउनेछ। ब्यांकले पर्यावरणमैत्री व्यवसायीको व्यवसाय बढाउन मद्दत गर्नका लागि क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुविधा प्रदान गरी व्यवसायीहरूमाझ वित्तीय पहुँचमा जोड दिनेछ।
यससँगै आफ्ना ग्राहकसम्म व्यवसायको उत्पादन र सेवा वितरणलाई सहज बनाउन ‘नबिल एसएमएस सहकार्य योजना’ मा आबद्ध गराउने भएको छ।