एमाले सांसदद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार
नेकपा (एमाले)का सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्।
उनीहरूले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गर्दै बैठक बहिष्कार गरेका हुन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन गर्नुपर्ने माग गरे।
त्यस्तै, उनले अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे। माग पूरा नहुँदासम्म अर्थ मन्त्रालयमाथिको छलफल बहिष्कार गर्ने बताए।
त्यससँगै एमाले सांसदहरू प्रतिनिधि सभामा अर्थ मन्त्रालयको बजेटमाथिको छलफल बहिष्कार गर्दै बाहिरिएका छन्। अन्य मन्त्रालयको छलफलमा भने सहभागी हुने भएका छन्।