एमाले सांसदद्वारा अर्थमन्त्रीको राजीनामा माग
नेकपा (एमाले)का सांसदले अर्थमन्त्री जनार्दन शर्माको राजनीमाको माग गरेका छन्।
बजेट बनाउँदा करका दरमा हेरफेर गर्न बाहिरको मान्छे प्रयोग गरिएको भन्दै एमाले सांसदले विरोध जनाएका हुन्। उनीहरूले अर्थमन्त्री शर्माले राजीनामा गर्नुपर्ने माग गरेका छन्।
एमालेका तर्फबाट प्रतिनिधि सभामा बोल्दै सांसद भानुभक्त ढकालले अर्थमन्त्री शर्माले राजीनामा नदिंदासम्म संसद्को कामकारबाही अगाडि बढ्न नदिने बताए। उनले बोलेसँगै एमाले सांसदले उभिएर संसद्मा विरोध जनाइरहेका छन्।