चार अर्ब घटाएर ल्यायो कर्णाली सरकारले बजेट (पूर्ण पाठ)
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि चालू आर्थिक वर्षको भन्दा सानो बजेट ल्याएको छ।
बुधबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। उनले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट विनियोजन गरेका हुन्।
अर्थमन्त्री विष्टले चालू आर्थिक वर्षको तुलनामा झण्डै चार अर्ब कम बजेट प्रस्तुत गरेका छन्। चालू आर्थिक वर्षका लागि कर्णाली सरकारले ३६ अर्ब ५४ करोडको बजेट ल्याएको थियो।
आगामी आर्थिक वर्षको बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार अर्थात् ५९.५८ प्रतिशत रहेको छ। त्यस्तै, चालूतर्फ नौ अर्ब १६ करोड ४९ लाख अर्थात् २८.११ प्रतिशत बजेट रहेको छ।